२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न बुधबार बिहानै उहाँको निवास बालकोट पुग्नुभएको हो । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीतिक माहोल तातेको छ ।

संसद्को ठूलो दल कांग्रेसले समेत राष्ट्रपतिमा आकांक्षा राखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएको एमालेले राष्ट्रपति आफ्नो भागवण्डामा परेको सहमति भएको एमाले नेताहरू बताउँदै आएका छन् ।

यता, राष्ट्रपतिमा कांग्रेसले पनि दाबी राख्दै आएपछि प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएको हो कि भन्ने आशंका एमालेमा पैदा भएको छ । तसर्थ दुई शीर्ष नेताबीच भेटघाट बाक्लिँदो छ । यसअघि हिजो मंगलबार पनि बालुवाटारमा राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको थियो ।