७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

लामिछानेको लाञ्छना: कान्तिपुर अध्यक्ष सिरोहियाको ५ बुँदे प्रष्टिकरण

लामिछानेको लाञ्छना: कान्तिपुर अध्यक्ष सिरोहियाको ५ बुँदे प्रष्टिकरण
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन मार्फत कान्तिपुर मिडिया ग्रुप र त्यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया माथी लगाउनु भएको आरोपको सिरोहियाले खण्डन गर्नुभएको छ ।

उहाँले एक बिज्ञप्ति जारी गर्दै रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् भन्दै लामिछानेलाई ५ बुँदे चुनौती दिनुभएको छ ।

उहाँले जारी गर्नुभएको विज्ञप्तिको पूर्णपाठ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजीले आइतबार पत्रकार सम्मेलन गरी समग्र नेपाली सञ्चारजगत् र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएकामा सर्वप्रथम म खेद प्रकट गर्दछु ।

उहाँले सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएकामा झोंक पोख्नुभएको होला । अथवा प्रहरीले अनुसन्धान गरिरहेको दोहोरो पासपोर्टसम्बन्धी मुद्दालाई विषयान्तर र प्रभावित गर्न चाहनुभएको होला । कारणहरू जे–जे होऊन्, उहाँले आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचारहरू आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जोकसैलाई पनि सह्य हुनेछैन ।

लामिछानेले सोही पत्रकार सम्मेलनमा व्यक्तिगत रूपमा मलाई, मेरो परिवारका सदस्यलाई र म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुपलाई जसरी लाञ्छित गर्न खोज्नुभएको छ, त्यसलाई पुष्टि गर्न म उहाँलाई निम्न चुनौतीहरू दिन चाहन्छु :

१) चन्द्रागिरि केबलकारका बारेमा कान्तिपुर ले आफ्नो व्यावसायिक धर्मअनुरूप समाचारहरू छापेको थियो । त्यसैलाई बहाना बनाएर मैले चन्द्रागिरिमा सेयर लिएको भन्दै लामिछानेले जसरी झुटो आक्षेप लगाउनुभएको छ, ‘चन्द्रागिरि हिल्समा उहाँले खाएको कसलाई थाहा छैन र रु’ भन्दै जसरी मेरो मानमर्दन गर्नुभएको छ, त्यसप्रति मेरो गम्भीर आपत्ति छ । उहाँलाई थाहा छ कि छैन— चन्द्रागिरि हिल्स पब्लिक लिमिटेड कम्पनी हो, जसमा सुरुदेखि हालसम्म कस–कसको कति–कति सेयर छ, त्यो जोकसैले सम्बन्धित सरकारी कार्यालयबाट सहजै चेक गर्न मिल्छ । चन्द्रागिरिमा मेरो वा मेरो परिवारका कुनै सदस्यको कहिल्यै एक कित्ता पनि सेयर थिएनरछैन । लामिछानेले झुटो आरोप लगाएकामा म घोर आपत्ति प्रकट गर्दछु ।

२) २०७२ मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा मेरा छोरा सम्भव सिरोहिया चढेको कार दुर्घटनामा परेको विषयलाई पनि लामिछानेले अतिरञ्जित ढंगबाट प्रस्तुत गर्नुभएको छ, मानौं— त्यहाँ कुनै ठूलै ‘काण्ड’ भएको थियो, जसलाई जबर्जस्ती लुकाउन खोजियो १ लामिछानेले चित्रण गरेझैं त्यो दुर्घटनामा परेको कारले न बाटोमा हिँडेका कुनै व्यक्तिलाई हिर्काएको थियो, न त अर्को कुनै गाडीलाई ठोक्काएको थियो । त्यहाँ आफू चढेको एक्लो गाडी दुर्भाग्यवश दुर्घटनामा परेको थियो, कारमा रहेका एक नातेदारलाई सामान्य चोट लागेको थियो, उनलाई छेवैको नर्भिक अस्पतालमा केही बेर उपचार गरिएको थियो । त्यसलाई कसैले लुकाएको पनि थिएन, लुकाउनुपर्ने कारण पनि थिएन । बरु त्यस घटनाबारे तत्कालै सम्भवले बग्गीखानास्थित ट्राफिक प्रहरीलाई औपचारिक जानकारी गराएका हुन् । प्रहरी रेकर्डमै रहेको त्यो घटनालाई लुकाउन खोजियो भन्दै गृहमन्त्री भइसकेका व्यक्तिले किन भ्रम छर्नुभएको हो, हामी आश्चर्यचकित छौं । यस्तो असत्य बोलेर व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने अधिकार तपाईंलाई कसले दियो ?

३) सोल्टी होटलमा कुनै महिलालाई कसैले दुर्व्यवहार गर्‍यो भन्ने बनावटी घटनामा मलाई समेत जोड्दै ‘सीधा कुरा’ नामको फेसबुक अकाउन्टबाट मेरो चरित्रहत्या गर्न खोजिएपछि मैले अगस्ट २७, २०२० मा त्यसको खण्डन गर्दै एउटा ट्वीट गरेको थिएँ । त्यसमा मैले त्यसरी दुष्प्रचार गर्नेविरुद्ध सख्त कानुनी कारबाही गर्न प्रहरीमा उजुरी दिएको समेत उल्लेख गरेको थिएँ । लामिछानेले दुर्व्यवहारको त्यही कपोलकल्पित घटनामा मलाई फेरि जोड्दै भन्नुभएको रहेछ, ‘त्यो ट्वीटमा भनिएजस्तो सिरोहियाले उजुरी कहाँ र कहिले दिएका हुन्, अहिलेसम्म कसैलाई थाहा छैन ।’ त्यसबारे २०७७ भदौ ११ गते हामीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेका थियौं । सोल्टी होटलले समेत त्यो कपोलकल्पित प्रचारबाजीमा उल्लिखित ९२८ नम्बरको कोठा नै आफ्नो होटलमा नरहेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको थियो । र, ‘सीधा कुरा’मार्फत् झुटो सामग्री प्रकाशन गर्ने व्यक्तिलाई ‘तत्काल पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३, दफा ४७ को कसुरमा अनुसन्धान गरी सजाय गरी पाऊँ’ भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत दिएको थियो । यो यथार्थ हुँदाहुँदै गृहमन्त्री भइसकेका व्यक्तिले त्यो घटनामा उजुरी नै नदिएको भन्दै भ्रामक हल्ला फैलाउन मिल्छ ?

४) लामिछानेले ‘कसैले इन्सुरेन्स खोल्यो, उहाँलाई चढाउनुपर्ने’ भन्दै हिमालयन रिइन्सुरेन्स लिमिटेडमा रहेको मेरो लगानीबारे पनि प्रश्न उठाउनुभएको रहेछ । त्यसबारे मैले सामाजिक सञ्जालहरूमा पनि जिज्ञासाहरू आएको देखें । केही वर्षअघि त्यो कम्पनी खडा गरिँदा मैले पनि एक व्यवसायीका रूपमा १० करोड रुपैयाँ बराबरको त्यसको प्रमोटर सेयर खरिद गरेको हुँ । त्यो मैले कसैको निगाहमा होइन, आफैंले बकाइदा सरकारलाई कर तिरेको वैध रकमबाट किनेको हुँ । त्यो सेयर मैले कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेका मेरा खाताहरूबाट रकम निकाली, त्यहीँका चेक प्रयोग गरी पारदर्शी ढंगबाट खरिद गरेको थिएँ । त्यो के–कसरी–कति कारणले अवैध भयो रु के मैले कुनै व्यावसायिक कारोबार नै गर्न पाउँदिनँ ?

५) व्यवसायी अजेय सुमार्गीले कुनै बेला मविरुद्ध ‘गोल्डेन सेयर’ लिने गरेको भनेर लगाएको निराधार आरोपलाई कोट्याउँदै रवि लामिछानेले ‘यो त्यस्तो सुनौलो सेयर हो, जुन ठूलो व्यवसाय सञ्चालन गर्दा कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानाबापत दिनुपर्ने हुन्छ’ भन्दै आपत्तिजनक आक्षेप लगाउनुभएको रहेछ । पहिलो कुरा, सुमार्गीसँग त्यही विषयमा परेको मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतले हाम्रो पक्षमा फैसला गरिसकेको यथार्थ सार्वजनिक जानकारीमै छ । दोस्रो कुरा, के लामिछानेले मुखमा जे आयो त्यो बोलेझैं गरी मैले त्यस्तो तथाकथित ‘गोल्डेन सेयर’ कहीँकतैबाट लिएको प्रमाणित गर्न सक्नुहुन्छ रु म उहाँलाई चुनौती दिन चाहन्छु— म र मेरो परिवारका कुनै सदस्यले वैध स्रोतबिनाको, सरकारी कर नतिरेको रकमबाट कहीँकतै पनि एक कित्ता सेयर लिएको तपाईले देखाउन सक्नुहुन्छ ?

अनि उहाँले ‘कान्तिपुरलाई चलायो भने त मार्छ, ढाल्छ, सिध्याइदिन्छ’ भन्दै हाम्रोबारे अत्यन्त नकारात्मक प्रचारबाजी पनि गर्नुभएको छ । हामी कसैलाई ढाल्न होइन, लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासन स्थापित गर्न लड्दै आएका छौं । कान्तिपुर मिडिया हाउस लडेको सत्य हो— हिजो निरंकुश राजतन्त्रविरुद्ध जनआन्दोलनको मुखपत्र बनेर, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको हैकमविरुद्ध सुशासनको संवाहक बनेर तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रवृत्तिविरुद्ध जेल जान पनि तयार भएर । हिजो कसैको हुँकारविरुद्ध नडराएको कान्तिपुर आज र भोलि पनि निर्धक्क भएर आफ्नो पेसागत जिम्मेवारीमा डटिरहनेछ ।

अन्त्यमा,

रवि लामिछानेले आफ्नोबारे अब समाचार लेखियो भने आफ्ना समर्थकहरू लिएर कान्तिपुर र अन्य मिडिया हाउसहरुका ‘कार्यालय घेर्न आउने’ र ‘आफ्नो ढंगले कारबाही गर्ने’ सार्वजनिक चेतावनी दिनुभएको छ । के यो स्वतन्त्र प्रेसमाथि खुला धम्की होइन रु के राज्यका निकायहरूले यसलाई प्रचलित कानुन हातमा लिने हर्कतका रूपमा उहाँमाथि कारबाही चलाउनुपर्दैन रु लामिछानेको धम्कीलाई हामीले उहाँको निजी धारणा मान्ने कि राष्ट्रिय स्वतन्त्र पार्टीकै आधिकारिक नीति रु के यसमा उक्त पार्टीका अन्य नेता र सांसदहरूले आफ्नो मत प्रस्ट पार्नुपर्दैन रु अन्यथा हामीले यसलाई उहाँहरूको पार्टीकै धारणा मान्नुपर्ने हुन्छ । म सबैको सार्वजनिक अभिलेखमा राख्न चाहन्छु— लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ ।

कान्तिपुरले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् रु मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?

कैलाश सिरोहिया
अध्यक्ष तथा प्रबन्ध निर्देशक,
कान्तिपुर मिडिया ग्रुप