• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

नवौं एक्सेल्सियर कप: काष्ठमण्डप र एक्सेल्सियर सेमिफाइनलमा



काठमाडौं । काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित ग-यो । विजेताका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे । एक्सेल्सियर रातोले आफ्नै पहेलो टोलीलाई १–० गोलले हरायो । साहिलराज थापाले निर्णायक गोल गरे ।

सोही स्पर्धामा रेडिअन्ट पब्लिक र संस्कृति पनि सेमिफाइनलमा पुगे । रेडिअन्टले बृहस्पति विद्या सदनलाई २–० गोलले पाखा लगायो । रेडिअन्टका साम्देन लामा र प्रवेशले १–१ गोल गरे । संस्कृतिले रिब्समाथि २–० को जित आत्मासात् ग¥यो । संस्कृतिका सहज भण्डारीले दुवै गोल गरे ।

यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड, श्री सञ्जय साइ, न्यु इरा र हार्टल्यान्ड एकेडेमीले सेमिफाइनलमा स्थान बनाए ।

ग्रिनफिल्डले एलआरआईलाई ६–० ले पाखा लगायो । ग्रिनफिल्डका आयुश दुतराजले ३, धर्विन्द्र बोहराले २ र सम्राट खड्काले १ गोल गरे । श्री सञ्जय साइले होली भिजनलाई ४–३ ले पन्छायो । विजेताका प्रयास घिमिरेले २ तथा उन्नत थापा र उज्ज्वलराज कपालीले १–१ गोल गरे । न्यु इराले एनआईसी एकेडेमीलाई ३–२ गोलले निराश पा-यो ।

न्यु इराका विक्रान्त खतिवडाले ह्याट्रिक गरे । एनआईसीका स्लोक पौडेल एक गोल फर्काए भने एक गोल आत्माघाती रह्यो । हार्टल्यान्डले एक्सेल्सियरमाथि ७–० को आरामदायी जित निकाल्यो । विजेताका प्रशान्त धामीले ह्याट्रिक गरे भने करण लामा र अनिश पुजाराले २–२ गोल थपे ।