१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता सलमान खान वैशाखमा नेपाल आउने



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। उनी आगामी वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्। 

ओडीसी इन्टरटेनमेन्टले खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पल, आयुष शर्मालगायतलाई नेपाल ल्याउन लागेको हो।

सलमान २०७४ मै नेपाल आउने कार्यक्रम थियो। उक्त वर्ष फागुन २६ गते काठमाडौंमा सलमानसँगै भारतीय कलाकारहरुलाई लिएर दबंग रिलोडेड नामक कार्यक्रम आयोजना हुने घोषणा भएको थियो। तर, कार्यक्रमलाई लिएर विवाद भएपछि उक्त कार्यक्रम स्थगित भएको थियो। 

दशरथ रंगशालामा हुने कार्यक्रमका लागि तयारी समेत थालिएको आयोजकले जनाएको छ।