• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

युएसएआईडीकी प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन



काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गर्नुभएको छ ।

मंगलवार प्रशासक सामन्था पावरले ललितपुरको पाटन दरबारको अवलोकन गर्नुभएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि सहभागी बन्नुभएको थियो । पाटन दरबार क्षेत्रको अवलोकन गर्न पुग्नुभएकी प्रशासक पावरलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गर्नुभएको थियो ।

दुई दिने नेपाल भ्रमणका क्रममा मंगलवार बिहान नेपाल आउनुभएकी सामन्था बुधवार स्वदेश फर्किनुहुनेछ । उहाँले आज नै भक्तपुरको आदर्श माध्यामिक विद्यालयको अवलोकन समेत गर्नुभएको थियो । साथै विद्यालयमा विद्यार्थीहरुसँग बास्केट बल खेल्नुका साथै अन्तरक्रियासमेत गर्नुभएको थियो । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल आउनुभएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ । नेपाल बसाइको क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाइ भेट गर्ने कार्यक्रम छ ।