१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेतीद्वारा पदबाट राजिनामा



अ+ अ-

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले पदबाट राजिनामा दिएका छन् ।

उप्रेतीले आज अपरान्ह स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरीसमक्ष राजिनामा बुझाएका हुन् । पूर्व स्वास्थ्य सचिव समेत रहेका उप्रेती २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

विसं २०७२ सालदेखि सुृरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् फितलो हुँदै आएको छ । गत साउन देखि धेरै वटा निजी अस्पतालहरुले बीमा कार्यक्रम सञ्चालन गर्न समेत छाडेका छन् ।