७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आगामी पाँच वर्षमा पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने

आगामी पाँच वर्षमा पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने
अ+ अ-

काठमाडौँ । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित ‘पश्‍मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ ।

मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित ‘पश्‍मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ योजना सार्वजनिक गर्नुभएको हो ।

निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पश्मिनाको निर्यात बढाउन र पश्मिनाको उत्पादनलाई विश्‍व बजारमा पुर्याउने उद्देश्य सरकारको रहेको छ । राष्ट्रिय पश्मिना क्षेत्र निर्यात रणनीति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टिइपिसी) तथा नेपाल पश्मिना उद्योग संघ (एनपिआइए) सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ ।

कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले प‍श्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले पश्मिना उद्योगको विकास र बिस्तारमा ठूलो टेवा पुग्ने बताउनु भयो । उहाँले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको उनलाई प्रशोधन गरी पश्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको उनले उचित मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले नेपालमा नै च्याङ्ग्राको उनलाई प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य,बजार सुनिश्चितता हुने र उत्पादन बढ्ने दाबी गर्नुभयो । उहाँले नेपालभित्र पश्मिनाको धागो उत्पादन गरी पश्मिनाजन्य वस्तुको उत्पादन र गुुणस्तर बढ्ने बताउनु भयो । उहाँले रणनीति योजनाले पश्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतिको समाधान गरी पाँच वर्षभित्र लक्ष्यअनुसार निर्यात गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली च्याङ्ग्राको उनलाई प्रशोधन गरी पश्मिना धागो उत्पादन गर्ने पहिलो कारखाना बन्ने भएको छ । यसबाट नेपालको हिमाली क्षेत्रका च्याङ्ग्रापालक किसानले उत्पादन गरेको उनलाई स्वदेशभित्र नै उचित मूल्यमा बिक्रीको सुनिश्चिता भइ उनको उत्पादन बढ्न जाने र नेपालभित्र पश्मिनाको धागो उपलब्ध भई पश्मिनाजन्य वस्तुको उत्पादन तथा गुुणस्तर बढ्न जान्छ ।

उद्योग मन्त्रालयले युरोपियन युनियनको आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको व्यापार तथा लगानी कार्यक्रम अन्तर्गत राष्ट्रिय पश्मिना निर्यात रणनीति तर्जुमा गरिएको छ । यो रणनीतिले पश्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतिलाई सुक्ष्म रुपमा विश्वलेषण गरी पश्मिना क्षेत्रको समग्र विकास पाँच वर्षभित्र निर्यात गर्नसक्ने लक्ष्य निर्धारण गरेको छ ।’

त्यस्तै उद्योगसचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको उन उत्पादन बढाउन हिमाली जिल्लाहरुमा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने र किसानले उचित मूल्य पाउने बताउनु भयो ।

उहाँले नेपालमा च्याङ्ग्राको उन ठूलो परिणाममा उत्पादन गर्न नसकिएको बताउनु भयो । सचिव मरासिनीले निर्यातजन्य वस्तुहरुको उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले त्यहीअनुसार योजनाहरु बनाइरहेको पनि बताउनु भयो । उहाँले निर्यातजन्य नेपाली वस्तुहरुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हिमाली जिल्लाहरुमा च्याङ्ग्रा पालनमा पनि प्रोत्साहन गर्न आवश्यक छ । त्यसो गर्दा स्थानीय रुपमा रोजगारी पनि बढ्ने र उच्च मूल्यको वस्तु उत्पादन गरेर निर्यात गर्नसक्दा नेपालले विदेशी मुद्रा आर्जन गर्नसक्छौं । नेपालमा ठूलो परिणाममा वस्तु उत्पादन गर्न सक्दैनौं । जहाँ नेपालको संस्कृति,रैथाने वस्तु र हावा पानी बिक्छ । यसमा पस्मिना मात्रै नभएर अन्य चिया कफी लगायतका वस्तुहरु पनि रहन्छन् । ती वस्तुहरुको उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्न आवश्यक छ । हामीले निर्यातजन्य नेपाली वस्तुहरुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरेर व्यापार घाटा कम गर्नसक्छौं ।’

त्यस्तै नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजनाले निजी क्षेत्रका लागि प्रभावकारी हुने बताउनु भयो । उहाँले यो रणनीति योजनाले पश्मिना उत्पादनमा बढी प्राथमिकता दिने बताउनु भयो । उहाँले अहिले नेपालमा पूर्णरुपमा पश्मिनाको धागो विदेशबाट आयात हुने भन्दै अब नेपालमा नै च्याङ्ग्राको उन प्रशोधन गरेर पश्मिनाको धागो नेपालमा नै बन्नु सकारात्मक पक्ष भएको बताउनु भयो ।

उहाँले आफ्नो प्रशोधन कारखाना राखेर,आफ्नै कच्चा पदार्थ उद्योगमा प्रयोग गर्दा किसानले राम्रो मूल्य पाउने दाबी गर्नुभयो । उहाँले पछिल्लो समय पश्मिनाका उत्पादनको माग सय टन बढीको रहेको बताउनु भयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय बजारको १.५ प्रतिशत र नेपालको मात्रै २.७ प्रतिशत पशिमनाको निर्यात गरिरहेको बताउनु भयो । उहाँले नेपालमा ५० लाख पिस पस्मिना उत्पादन क्षमता भएपनि अहिले २० देखि २५ लाख पिस मात्रै उत्पादन भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले पस्मिना उद्योगको लागि पाँच वर्षमा के—के गर्ने भनेर जुन रणनीति बनाएको छ । यो निजी क्षेत्रको लागि असाध्यै राम्रो काम हो । यो रणनीतिले साझेदार संस्था,सरकार र निजी क्षेत्रले के गर्ने भन्ने कुरा यकिन गरेकाले पश्मिना उत्पादनमा बढी प्राथमिकता दिने भएकाले निजी क्षेत्रलाई समेत धेरै फाइदा गर्छ । पश्मिना बनाउन उन,फाइबर भएर मात्रै भएन । त्यसलाई प्रशोधन गरेर धागो पनि बनाउनुपर्छ । अहिलेसम्म नेपालमा विदशबाट पश्मिनाको धागो आयात गरेर वस्तु उत्पादन गरिरहेका छौं ।

अब हामीले आफ्नो प्रशोधन कारखाना राखेर,आफ्नै कच्चा पदार्थ उद्योगमा प्रयोग गर्छौं । यसले किसानले राम्रो मूल्य,बजार अभाव हुँदैन । निजी क्षेत्रले सम्बन्धित क्षेत्रमा संकलन केन्द्र बनाएका छौं । पश्मिनाको माग धेरै रहेको छ । अहिले ४ टनको कुरा गरेका छौं तर सय टनको माग रहेको छ । बजारको कमी छैन । नेपालले अन्तर्राष्ट्रिय बजारमा १.५ प्रतिशत निर्यात गर्छौं । नेपालको २.७ प्रतिशत पस्मिनाको निर्यात गरेका छौं । ठूलो स्कोप रहेको छ । ५० लाख पिस पश्मिना बनाउने क्षमता छ तर अहिले २० देखि २५ लाख पिस मात्रै बनाइरहेका छौं । अब कमी भनेको नेपाली उनलाई प्रशोधन गरेर उन उत्पादन बढाउने रहेको छ ।’

मंगलवार नै पश्मिना प्रशोधनको लागि पश्मिना फाइवर प्रशोधन केन्द्र ललितपुरको हरिसिद्धिमा शिलान्यास भएको छ । नेपालले सन् २०२१ मा २ अर्ब ५३ करोड रूपैंयाँ (करिव १ करोड ९३ लाख अमेरिकी डलर बराबर ) बराबरको पश्मिना सल निर्यात गरेको थियो । यो रणनीतिले सन् २०२६ को अन्त्य सम्ममा ७ करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरको पश्‍िमना निर्यातको लक्ष्यसहित नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पु¥याउनेछ ।

यो रणनीतिले सबै सम्बन्धित सरोकारवालाहरूको स्पष्ट भुमिका र जिम्मेवारी सहितको कार्य योजना, समन्वय तथा कार्यान्वय संयन्त्रलाई विस्तृत रूपमा व्याख्या गरेको छ ।