२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला आईपीएलका लागि कप्तान रुविनासहित ५ खेलाडीको नाम सिफारिस



file
अ+ अ-

काठमाडौँ । भारतमा पहिलो पटक हुन गइरहेको महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालबाट ५ खेलाडीको नाम सिफारिस गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि पठाएको हो ।

लिगका लागि यही फेब्रुअरी १३ मा अक्सन हुँदैछ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सीईओ हेमाङ्ग अमिनका अनुसार अक्सनका लागि एक हजार ५०० खेलाडीको नाम रजिस्टर भएको र यसै साता अक्सनको लागि अन्तिम लिस्ट सार्वजनिक हुनेछ ।

अन्तिम लिस्टमा हुने खेलाडी अक्सनमा समावेश हुनेछन् । डब्लूपीएल आगामी मार्च ४ देखि २६ सम्म मुम्बईमा हुनेछ । जसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।