५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका प्रख्यात सन्त मोरारी बापू लुम्बिनीमा



अ+ अ-

देउखुरी । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार साँझ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ ।

उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराईलगायतले मायादेवी मन्दिर परिषरमा स्वागत गर्नुभएको हो ।

पहिलो पटक लुम्बिनी आउनुभएका बापूले मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गर्नुभयो । उहाँले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी तालको पानी सेचन गर्नुभएको थियो ।

त्यस अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिनुभएको थियो । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्धजन्मको अकाट्य प्रमाण भएको बताउनुभयो ।

लुम्बिनी विकास कोषको अतिथि पुस्तकमा उहाँले बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेख्नुभएको छ । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुसी र शान्ति प्राप्त भएको उहाँले उल्लेख गर्नुभएको छ ।

सन्त बापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरी पूजा गर्नुभएको थियो । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिको आयोजनामा आजबाट सुरु हुने रामकथा प्रवचनका लागि बापू यहाँ आउनुभएको हो ।

रामकथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा आजदेखि नौ दिनसम्म कथावाचन हुनेछ । बापूसहितको टोली विमान चार्टर्ड गरी गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आउनुभएको हो ।