२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी आइटी क्षेत्रको मुख्य साँचो हामीसँग छैनः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारसँग सरकारी आइटी क्षेत्रको मुख्य साँचो नरहेको बताउनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘सूचना प्रविधि मेला’ को उद्घाटन कार्यक्रममा उहाँले सरकारी तथ्यांकहरुको सुरक्षामाथि प्रश्नहरु रहेको बताउनुभयो ।

उहाँले सरकारले आफ्नै सूचना प्रविधि (आइटी) कम्पनी खोल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले केही काम गर्नुपर्दा बाहिरबाट जनशक्ति ल्याउनुपरिरहेको तर नेपालको जनशक्ति भने बाहिर गइरहेको उहाँको भनाइ थियो ।

“हामीसँग थुप्रै डेटा सेन्टर छन् तर त्यसको सुरक्षा र मुख्य साँचो हामीसँग छैन”, उहाँले भन्नुभयो । राष्ट्रियताको कुरा गर्ने हामी त्यसलाई कसरी बचाउन सक्छौँ भन्दै उहाँले भन्नुभयो, “मन्त्रालयहरुको संवेदनशील सफ्टवेयर भए पनि त्यसको मुख्य कुरा कहाँ छ भन्नेबारे हामीलाई नै थाहा छैन ।”

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले प्रयास गरिरहेको भन्दै उहाँले यसका लागि आवश्यक कानूनहरु निर्माणका लागि तत्काल संसद्मा पेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

सरकारले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजनाहरु अघि साने योजना सरकारको रहेको उहाँको भनाइ थियो ।