२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एरोन फिन्चले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाका ओपनर ब्याटर एरोन फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

अष्ट्रेलियन टी–२० क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले घरेलु टी–२० प्रतियोगिताहरू भने खेल्नेछन् ।

सन् २०२१ मा अष्ट्रेलियाले पहिलो पटक टी–२० विश्वकप उपाधि जित्दा फिन्चले टिमको नेतृत्व गरेका थिए । उनले अष्ट्रेलियाका लागि पाँच टेस्ट, १ सय ४६ एक दिवसीय अन्तर्राष्ट्रिय र १ सय ३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

सन्यास घोषणा गर्दै फिन्चले अष्ट्रेलियाका लागि खेल्न पाउनु अविश्वसनीय सम्मान भएको बताएका छन् । ‘मैले २०२४ को विश्वकपसम्म खेल्न सक्दिन भन्ने महसुस गर्दै मैले यो समयलाई संन्यास लिने उपयुक्त समय ठाने । अनि, टिमलाई आगामी यात्राका लागि योजनाका योजना बनाउन मद्दत गरे,’ उनले भने, ‘१२ वर्ष अष्ट्रेलियाको प्रतिनिधित्व गर्न पाउनु र सर्वकालीन महान् खेलाडीहरूसँग र उनीहरुविरुद्ध खेल्न पाउनु मेरालागि सौभाग्यपूर्ण कुरा हो,’ ।

फिन्चले सन् २०११ मा इङल्यान्डविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।