काठमाडौं । काठमाडौंको तीनवटा कुखुरा फर्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।
पशु विभागको अनुसार रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको हो । ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो ।
तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको पशु विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।
जसअनुसार खुमलटारबाट २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ । यस्तै, रामकोट फार्ममा भएको ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ भने तार्केश्वर फार्ममा भएको ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।