२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटका लागि नेपाली टोलीको कस्तो छ तयारी ? (फोटोफिचर)



अ+ अ-

काठमाडौैं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपालीले तयारी गर्दैछ।

​ग्लोबल छनोट ए मा नेपालसमेत गरी आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।  खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म चल्नेछन् ।

समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहँदा समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । 

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले दुबै समूहबाट सेमिफाइनलमा स्थान बनाउनेछन् । 

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछ भने फाइनल फेब्रुअरी २४ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । 

फाइनल प्रवेश गर्ने दुबै टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि स्थान बनाउनेछन् । 

नेपाली टिमः
कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिह ऐरी, विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुल्सन झा ।

रिजर्भ खेलाडीः
कुशल मल्ल, सहाव आलम र प्रदिप ऐरी ।

तस्बिरहरुः क्यान