२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की भूकम्पः मृतकको संख्या ३७०० नाघ्यो



अ+ अ-

एजेन्सी । मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायलमा सोमबार बिहान गएको भूकम्पले ठूलो क्षति पुर्याएको छ ।

१२ घण्टामा यहाँ ठूलो भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्की र सिरियामा हालसम्म ३७०० जनाको मृत्यु भइसकेको छ । लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर यहाँ क्षति भएको समाचार प्राप्त छैन ।

टर्कीमा हालसम्म २३०० जनाको ज्यान गएको छ । ११ हजार घाइते भएको खबर छ । सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । सोही समयमा सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन् ।

टर्कीश मिडियाका अनुसार ३ वटा ठूलो भूकम्प गएको थियो । पहिलो टर्की समय अनुसार बिहान ४ बजे। दोस्रो १० बजे र तेस्रो दिउँसो ३ बजे भूकम्प गएको थियो । यसबाहेक ७८ वटा पराकम्पन रेकर्ड गरिएको थियो । तिनीहरूको तीव्रता ४ देखि ५ थियो ।

भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप सहर थियो । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा छ । त्यसैले यसको वरपरका क्षेत्रमा थप विनाश भएको थियो । दमास्कस, अलेप्पो, हामा, लताकिया लगायतका धेरै सहरहरूमा भवनहरू भत्किएको खबर छ ।

अंकारा, गाजियन्टेप, कहरामनमारस, दियारबाकिर, मालत्या, नुरदागीलगायत १० सहरहरूमा ठूलो विनाश भएको छ । यहाँ १ हजार ७१० भन्दा बढी भवन भत्किएको समाचार छ । धेरै मानिस भग्नावशेषमुनि दबिएका छन् । मानिसहरूलाई बचाउन उद्धार कार्य जारी छ । धेरै क्षेत्रमा आपतकाल लगाइएको छ ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्तेका अनुसार देशका १० सहरमा आपतकालीन र रेड अलर्ट जारी रहनेछ । सबै विद्यालय र कलेजहरु एक साता बन्द रहनेछन् । हाल दुई सय उडान रद्द भएका छन् । सेनाका लागि हवाई करिडोर निर्माण भइरहेको र यसमा विमानलाई मात्र अवतरण र टेकअफ गर्न दिइनेछ ।