२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की भूकम्पः मृतकको संख्या ३७०० नाघ्यो



अ+ अ-

एजेन्सी । मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायलमा सोमबार बिहान गएको भूकम्पले ठूलो क्षति पुर्याएको छ ।

१२ घण्टामा यहाँ ठूलो भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश देखिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्की र सिरियामा हालसम्म ३७०० जनाको मृत्यु भइसकेको छ । लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर यहाँ क्षति भएको समाचार प्राप्त छैन ।

टर्कीमा हालसम्म २३०० जनाको ज्यान गएको छ । ११ हजार घाइते भएको खबर छ । सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । सोही समयमा सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन् ।

टर्कीश मिडियाका अनुसार ३ वटा ठूलो भूकम्प गएको थियो । पहिलो टर्की समय अनुसार बिहान ४ बजे। दोस्रो १० बजे र तेस्रो दिउँसो ३ बजे भूकम्प गएको थियो । यसबाहेक ७८ वटा पराकम्पन रेकर्ड गरिएको थियो । तिनीहरूको तीव्रता ४ देखि ५ थियो ।

भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप सहर थियो । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा छ । त्यसैले यसको वरपरका क्षेत्रमा थप विनाश भएको थियो । दमास्कस, अलेप्पो, हामा, लताकिया लगायतका धेरै सहरहरूमा भवनहरू भत्किएको खबर छ ।

अंकारा, गाजियन्टेप, कहरामनमारस, दियारबाकिर, मालत्या, नुरदागीलगायत १० सहरहरूमा ठूलो विनाश भएको छ । यहाँ १ हजार ७१० भन्दा बढी भवन भत्किएको समाचार छ । धेरै मानिस भग्नावशेषमुनि दबिएका छन् । मानिसहरूलाई बचाउन उद्धार कार्य जारी छ । धेरै क्षेत्रमा आपतकाल लगाइएको छ ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्तेका अनुसार देशका १० सहरमा आपतकालीन र रेड अलर्ट जारी रहनेछ । सबै विद्यालय र कलेजहरु एक साता बन्द रहनेछन् । हाल दुई सय उडान रद्द भएका छन् । सेनाका लागि हवाई करिडोर निर्माण भइरहेको र यसमा विमानलाई मात्र अवतरण र टेकअफ गर्न दिइनेछ ।




भर्खरै