२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला राष्ट्रिय भलिबलः फाइनल समिकरण पूरा



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमवार सम्पन्न लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो । दुवै टोलीले सोमवार भएको प्रतिष्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए । दोस्रो रोजाई खेलाडीबीचको प्रतिष्पर्धामा एपिएफ न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो ।

डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले जिते पनि तेस्रो सेट २१–२५ ले गुमाउन पुगेको थियो । चौथो सेटमा डायमण्ड २५–२१ ले विजयी हुँदा तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्न सफल भएको हो । यससँगै न्यु डायमण्डले तालिका स्पष्ट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो । उता एक खेल अगावै फाइनलमा पुगेको एपिएफको ६ अंक भयो । एपिएफ दोस्रो स्थानमा अटाएको हो ।

यस्तै भने शुरुवाती दुई खेल मध्ये दुवैमा नतिजा सुम्पिएका पुलिस र आर्मीबीच सोमवार नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २६–२४ ले गुमाएको थियो । त्यसपछिको सेट २६–२४, २६–२४ र २५–२० ले जित्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो । अब यी दुई टोलीबीच मंगलवार तेस्रो स्थानको छिनोफानोकालागि प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि न्यु डायमण्ड र एपीएफ क्लवबीच मंगलवार नै प्रतिष्पर्धा हुनेछ ।