• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा संसदीय दलको बैठक जारी ★   बूढानीलकण्ठमा सुन लुटपाट गर्ने दुई पक्राउ ★   नरभक्षी बाघ मर्‍यो ★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली

सत्तारुढ गठबन्धन टिकाई राख्न जरुरी छः उपमहासचिव ज्ञवाली



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताउनु भएको छ ।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उहाँको तर्क थियो । रफ्त सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताउनु भयो ।

उहाँले काँग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीर समेत गर्नु भयो । उपमहासचिव ज्ञवालीले भन्नु भयो, ‘जहाँसम्म राष्ट्रपति निर्वाचनको कुरा छ । हिजो पुस १० गते जे समझदारी भएको छ । यो सरकार बनाउने राजनीतिक दलहरुको बीचमा । त्यो समझदारी दृढतापूर्वक कार्यान्वयन हुनु पर्दछ ।

नेपाली काँग्रेसले एकातिर प्रतिपक्ष हुनु पाउँ भनेर संसद सचिवालयमा निवेदन पनि दिने । अर्कोतिर सत्ताका महत्वपूर्ण अंगहरुमा हिस्सेदारी पनि खोज्ने । त्यो कहिँ पनि मिलेन । लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो । सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ । नियन्त्रण र सन्तुलन खल्बलिन्छ । तर सत्ताबाट हटनु परेको डेढ महिनामै त्यो ढंगको छटपटी जुन देखिएको छ । त्यो कतै पनि राम्रो कुरा हो भन्ने मलाई लाग्दैन । त्यसो भएर अहिले सत्ता गठबन्धनलाई टिकाई राख्ने, त्यही हिसावले राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने र अहिले देखा परेका राजनीतिक अस्थिरता र अन्यौलहरु हटाएर अगाडि बढन जरुरी छ । ’

उपमहासचिव ज्ञवालीले काँग्रेसमा सत्ताबाट हटनु परेको छटपटी सुरु भएको आरोप समेत लगाउनु भयो । उहाँले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।