२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोन्टी देसाई राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरिएको छ ।

देसाईले प्रमुख प्रशिक्षकको नियक्ति पाउनुअघि नै केही दिनदेखि नेपाली क्रिकेट टिमलाई प्रशिक्षण दिँदै आएका थिए । नेपाल क्रिकेट संघले उनलाई औपचारिकरुपमा प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

देसाईले आगामी महिना नेपालले खेल्ने त्रिकोणात्मक शृंखलाबाट जिम्मेबारी सुरु गर्नेछन् । यसअघि वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गरेका देसाइसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।

उनी यसअघि नेपालको ब्याटिङ प्रशिक्षक थिए । सन् २०१७ को एसीसी यु–१९ एसिया कपमा नेपालल भारतलाई हराएर ऐतिहासिक जित निकाल्दा नेपालका ब्याटिङ प्रशिक्षकका रुपमा देसाई रहेका थिए ।

क्यानसँग देसाईले दुई वर्षको सम्झौता गरेको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्मा धेरै दिनदेखि नियुक्ति प्रक्रिया अड्किएपछि सोमबार परिषद्बाट सहमति आएको हो ।

नेपालले स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक शृंखलाका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अन्तिम टोली प्रशिक्षण सकिएपछि चयन हुनेछ ।




भर्खरै