२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

नेपथ्यलाई पाएर घर सम्झे पर्थका दर्शकले

नेपथ्यलाई पाएर घर सम्झे पर्थका दर्शकले
अ अ+ अ-

पर्थ । घडीको सुइले स्थानीय समयअनुसार बेलुकीको १०।३० देखाउनेबित्तिकै पर्दामा म्युजिक भिडियोका गीतहरु घन्किन सुरुभए । त्यसको लगत्तै मञ्चमा चढेको नेपथ्यले उसको स्थापनाकाल सम्झ्यो ।

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपी राखनू’

वेष्टर्न अष्ट्रेलिया राज्यको राजधानी पर्थमा नेपथ्य सन् २०१७ पछि आइतबार दोश्रोपटक प्रस्तुत हुँदै थियो । गीतलाई निरन्तरता दिँदै ब्याण्डले क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊनजस्तो’ र ‘लामपाते सुरती’ जस्ता गीतहरु सुनाउँदै गयो ।

कार्यक्रम अवधिभर ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत सुनाउने मात्र नभइ दर्शकहरुसँग संवादको क्रमलाई पनि निरन्तरता दिए । ‘उता नेपालमा एक महिना लामो स्वस्थानी सम्पन्न हुने क्रममा छ,’ उनी भनिरहेका थिए, ‘यस्तो बेला विदेशमा रहँदा म तपाइँहरुकै भावनामा एकाकार भएर घरलाई सम्झिरहेको हुन्छु ।’

अमृतले नेपाल रहँदाको बखत उनको कास्कीस्थित गोठमा स्वस्थानी पाठ चल्नेगरेको सन्दर्भ सामाजिक संजालहरुमा राख्दैआएका छन् । ‘आउनुस् यो गुमाउनुको पीडालाई पनि अवसरमा बदलौं,’ उनले थपे, ‘जीवनमा जसरी पनि रमाउन सक्नु ठूलो कुरा हो, त्यसैले आज साथै मिलेर नाचौं गाऔं रमाऔं ।’

कार्यक्रममा ‘चरि म-यो’, ‘जोमसोमे बजार’ र ‘शिरफूल’ जस्ता गीतहरुले निरन्तरता पाउँदै गए ।
त्यसपछि पालो थियो लाहुरेहरुले कुनै समय भित्र्याएको गीत ‘नैनाताल’ को ।

‘नेपालीहरु जता गएपनि आफ्ना अनुभवलाई गीतमा ढालेर फर्कने परम्परा पुरानै हो,’ उनले भने, ‘यसरी तन्नेरीहरु अवसरका लागि विदेशिनैपर्ने परम्परा हालसम्म कायमै रहेकोमा चाहिँ दुःख लागेको छ ।’

त्यसपछि गाइएको ‘यो जिन्दगानी’ गीतका क्रममा भने पछाडि पर्दामा मानवसेवा आश्रमले उद्धारगरेका मानिसहरुको हृदयविदारक दृश्य देखाइएको थियो । त्यसै क्रममा अमृतले आफ्नो ब्याण्ड यो सिंगो वर्ष ‘मानवताका लागि संगीत’ नाराका साथ समर्पित हुनुपर्नाको कारण पनि उल्लेख गरे ।

कार्यक्रम अघि बढाउने क्रममा ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो ।

यसरी एकपछि अर्को गीतमार्फत करुणामा डुबेका दर्शकलाई त्यसपछि भने ब्याण्डले ‘गाउँ गाउँबाट उठ’ र ‘जोगले हुन्छ भेँट’ जस्ता गीतहरुमार्फत् उफार्न सुरुग¥यो ।

कार्यक्रममा यसरी रमाइरहेका दर्शक घेरामै सौरभ चापागाइँ र स्मिता कोइरालाको जोडी पनि थियो ।

‘धुन, प्रस्तुती, प्रकाश र हलभित्रको आवाज सबैको मिश्रणमा एक प्रकारको गजब उर्जा थियो,’ सौरभ भनिरहेका थिए, ‘हलभित्र पस्दैगर्दा मैले जति चिताएको थिएँ हेरिरहँदा त्योभन्दा धेरै रमाइलो अनुभूति भयो ।’

सौरभले नेपथ्यको कन्सर्ट हेर्नु भनेको आफ्नो निम्ति सपना पुरा हुनुजस्तो रहेको पनि उल्लेख गरे ।

‘यतिका वर्षहरुमा यो ब्याण्ड मेरो जोडी, मेरो साथी र मेरो आफन्त सबैथोक बनिसकेको छ,’ कन्सर्ट सकिएर निस्कँदै गर्दा उनले थपे, ‘बितेको दुइ घन्टामा मैले बितेको ३० वर्षकै आनन्द समेटिएको महशुस गर्न पाएँ ।’

कार्यक्रमको अन्तिम चरणमा भने अमृतले हलभित्रको तापक्रमलाई थप उच्च बनाउँदै ‘मै नाचे छमछमी’, ‘रेशम’ र ‘तालको पानी’ प्रस्तुत गरेका थिए । हलमा नाचिरहने भीँडभित्रै टिकट काटेर आउने दर्शक मात्र नभइ स्थानीय आयोजक सन्तोष धामी पनि देखिन्थे ।

‘बितेको दस वर्ष पर्थमा आयोजित धेरै ठूला कन्सर्टहरु हेर्न गएको थिएँ,’ उनि भनिरहेका थिए, ‘तर, आज जत्तिको ठूलो उपस्थिती र गुणस्तरीय दुवै हिसाबले भब्य कार्यक्रम यसअघि कहिल्यै भएको मलाई सम्झना छैन ।’

कार्यक्रमको अन्त्यमा नेपाली झण्डाको स्तुती गर्दै ‘रातो र चन्द्रसूर्जे’ गीत गाइरहँदा सिँगो हल उचालिएको थियो ।

यसरी दुइघन्टाको अवधिभर अमृतले गीत सुनाउने मात्र नभइ नेपाल, नेपाली समाज, भूगोल र संस्कृतिका कुराहरु गरिरहे देशप्रतिको माया दर्शाइरहे अनि तल रहेका दर्शकले पनि उत्तिकै जोशले उनलाई साथ दिइरहे ।

मञ्चमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । महिनादिन लामो नेपथ्यको श्रृंखलावद्ध अष्ट्रेलिया भ्रमणको लागि यतिबेला प्राविधिक र व्यवस्थापनसमेत गरेर १३ सदस्यीय टोली आइपुगेको छ ।

पर्थको कार्यक्रम सम्पन्न भएपछि अब ब्याण्डले पृथ्वीको दक्षिणी गोलाद्र्धमा रहेको सहर सिड्नीतर्फ पाइला चाल्नेछ । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले फेब्रुअरी १० तारिख शुक्रबारको दिन आफूलाई प्रस्तुत गर्नेछ । यो कन्सर्ट ‘होडर्न पभिलियन’मा आयोजना हुनेछ ।

सिड्नीपछि भने मेलबर्नमा ब्याण्डले १३ फेब्रुअरी सोमबारका दिन आफूलाई प्रस्तुत गर्नेछ । त्यसपछि अष्ट्रेलियाकै पुछारतर्फको टापु तास्मानियाको होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबार यो श्रृंखलाकै अन्तिम प्रस्तुती दिएर ब्याण्ड स्वदेश फर्कने कार्यक्रम छ ।

तस्बिरहरु: चावो ज्हाउ र नेपालय