२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमाद विमानस्थलद्वारा वार्षिक चार करोड यात्रुको आवागमन गराउने लक्ष्य



अ+ अ-

कतारको मुख्य अन्तरराष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरुको आवागमन पुर्याउने लक्ष्य लिएको छ । विश्वकप आयोजना हुनु खाडी राष्ट्रका लागि आफ्नो प्रतिष्ठा बढाउन महत्त्वपूर्ण रहेको पर्यटन विभाग प्रमुखले बताएका छन् ।

हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट सन् २०१९ मा कोरोनाभाइरस महामारीको हुनु अघि तीन करोड ९५ लाख यात्रुहरूको आवागमन भएको थियो।

पर्यटन मन्त्री तथा कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल-बकरले विमानस्थलमा विभिन्न किसिमका प्रतिबन्धले यात्रुहरूको उल्लेख्य आवागमनमा असर परेको बताएका छन् ।

“यदि हामीसँग विभिन्न प्रतिबन्धात्मक असर नभएको भए निर्धारित लक्ष्य पार गर्ने थियौं,” मन्त्री बेकरले ज्वेलरी र वाच शो घोषणा गर्ने क्रममा पत्रकारहरूमाझ सो दारणा राखेका हुन् । यहाँ अन्तरराष्ट्रिय आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्यका साथ नयाँ कार्यक्रमहरू घोषणा गरिएका छन् ।

उनले भने- यस विमानस्थलबाट भएको तीन करोड ९५ लाख यात्रुको आवागमनले म सन्तुष्ट छैन । हामी आशा गरौँ यस वर्ष हामीले हमाद हुँदै जाने यात्रुहरूको सङ्ख्यामा रेकर्ड तोड्नेछौं।”

कतारले यस विमानस्थलबाट वार्षिकरूपमा सात करोड यात्रुहरूको आवागन गराउन सक्ने क्षमताका साथ विस्तार गर्दैछ।