२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको टीप्पणीः महादेवले सतिदेवीलाई दक्ष प्रजापतिको यज्ञमा नजाउ भनेकै हो…



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कलाकार दीपकराज गिरी विभिन्न समसामयिक विषयमा टीप्पणी गरिरहन्छन् । समसामयिक विषयदेखि लिएर राजनीतिक विषयमा पनि उनले कटाक्ष गर्दै आएका छन् ।

यसैबीच गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बाहिरिने निर्णयलाई लिएर कटाक्ष गरेका छन् ।

गिरीले स्वस्थानीको कथालाई जोडेर राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई लक्षित गर्दै स्वस्थानीमा महादेवले पनि सतिदेवीलाई दक्ष प्रजापतिको यज्ञमा नजाउ भन्दा भन्दै गएर झन्झट भएको उदाहरण दिएका हुन् । स्वस्थानीमा दक्ष प्रजापतिको यज्ञमा सतिदेवीले आफ्ना पति महादेवको अपमान सहन नसकेपछि यज्ञमा फाल हानेर देह त्याग गरेकी थिइन् ।

गिरीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– महादेवले पनि सतिदेवी लाई दक्ष प्रजापतिको यज्ञमा नजाउ त भनेकै हो
गएपछि झन्झट त भैहाल्छ नि ‘स्वस्थानि सकियो !

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारलाई समर्थन यथावत राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।