• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

रास्वपा अध्यक्ष रविले भेटे प्रधानमन्त्री प्रचण्ड



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का अध्यक्ष रवि लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भेट गर्नुभएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज संयुक्त बैठक बस्नुअघि लामिछानेले प्रधानमन्त्री नेतासँग  भेट गर्नुभएको हो ।

आजै रास्वपाका सभापति रवि लामिछानेले पार्टीको बैठकले आज ठोस निर्णय लिने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै लामिछानेले आजको बैठकले ठोस निर्णय लिने उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।”

नागरिकताको विवादका कारण सर्वोच्च अदालतको आदेश पछि सांसद , उपप्रधान तथा गृहमन्त्री र दलको अध्यक्ष गुमाएका लामिछाने पुन नागरिकता लिएर दलको अध्यक्ष बन्नुभएको थियो ।

तर आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको रास्वपाले सरकारमा बस्ने कि नबस्ने भनेर पटक पटक बैठक बसे पनि निर्णय भने गर्न सकेको छैन ।

रास्वपाको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको सट्टा भौतिक योजना तथा पूर्वाधार मन्त्रालय लिन आग्रह गर्नुभएको छ । पुनः गृह मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको रास्वपाले आज पुनः सरकारमा बस्ने वा बाहिरिनेबारे निर्णय गर्नेछ ।