• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

स्तुतीको जन्मोत्सवमा आश्रममा सांगितीक कन्सर्ट



काठमाडौँ । अनाथ बालिकाको जन्मोत्सवको अवसर पारेर नेपालका राष्ट्रिय कलाकारहरुले तुलसालय आश्रममा सांगितीक कन्सर्ट प्रस्तुत गरेका छन् ।

उनीहरुले ललितपुरको नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रममा रहेकी स्तुती मठको प्रथम जन्मोत्सवका अवसरमा सोही आश्रममा सो प्रस्तुति दिएका हुन् ।

सातौँ छोरीका रुपमा जन्म दिएको केही मिनेटमा उनकी आमाको निधन भएपछि २० दिनकी स्तुतीलाई गत वर्ष हुम्लाबाट ल्याइ सो आश्रमले लालनपालन गरिरहेको छ । शनिबार आश्रमका अरु बालबालिका, अनाथ बृद्ध बा आमा तथा समाजसेवी र शुभचिन्तकहरुको उपस्थितिमा सो कन्सर्टका साथ जन्मोत्सव मनाइएको थियो ।

सो कन्सर्टमा कलाकारहरु दीपक पाठक, वशन्ती लामा, एलिसा राई, मुस्कान राईले आफ्ना प्रस्तुति दिएका थिए । उनीहरुको सांगितीक प्रस्तुतीमा आश्रमका बालबालिका तथा बृद्ध बाआमाहरु निकै रमाएका थिए ।


कलाकार दीपक पाठकले अनाथ आश्रममा रहेका नानीबाबुहरुलाई मनोरञ्जन दिनका लागि मात्र नभएर उनीहरुका लागि पनि कलाकारहरुले समय दिनुपर्छ र आफ्ना प्रस्तुतीहरुबाट अनाथ नानीबाबुहरुप्रति शुभकामना दिनुपर्छ भन्ने सन्देशका साथ सो कन्सर्टको आयोजना गरिएको बताए ।समाजसेवी विमला आठपरिया राई र वरिष्ठ कलाकार दीपक पाठकको संयोजकत्वमा सो सांगितीक समारोहको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक राधादेवी शर्मा चालिसेले अनाथ आश्रमका बालबालिका तथा आमाबाहरुको जन्मदिनमा पनि आफूहरुलाई सम्झिएर निमन्त्रणा गर्ने र यस्तो कार्यक्रमको आयोजना गरी जन्म दिन मनाउने संस्कारको थालनी गर्ने तुलसालय परिवारको कार्यको प्रशंसा गर्नुभयो ।

सो आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेशसनका अध्यक्ष सरु सुवेदीले अनाथहरुका पनि समाजमा कोही छन् र उनीहरुले पनि मनोरञ्जन र माया पाउनुपर्छ भन्ने सन्देश दिनका लागि सांगितीक प्रस्तुति दिने कलाकार र उपस्थित सबैमा विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।