• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

बृहस्पतिमा बयानब्बे वटा चन्द्रमा !



एजेन्सी । खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।

खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ०।६ माइलदेखि दुई माइल सम्मका छन् ।

आगामी एप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ भने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र ९नासा०ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्नेछ ।

खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी छ । पत्ता लागेका नयाँ चन्द्रमामध्ये आधा धेरै साना छन् ।