२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ ।

तीन दिने भ्रमणमा क्रममा बिहीबार साँझ काठमाडौं आइपुग्नु भएका मलेसियाका गृहमन्त्री नासुसनले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा मलेसियामा रहेका नेपाली आप्रवासी कामदारको हित संरक्षणलगायत आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि मलेसियाका गृहमन्त्री नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग पनि औपचारिक भेटवार्ता गर्नुभएको थियो ।