५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दा असल नियत छ– प्रमुख निर्वाचन आयुक्त थपलिया



file
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असल नियतले समयमै सम्पन्न गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तय गरिएको बताउनुभएको छ ।

उहाँले दुवै पदको निर्वाचनको मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै असल नियतले मिति तोकिएकाले निर्वाचन सम्पन्न भएपछि ती प्रश्न आफैँ अन्त्य हुने बताउनुभयो ।

आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनको मिति निर्वाचन आयोगले तोकेको छ । यद्यपि आयुक्त ईश्वरी न्यौपानेले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनसम्बन्धी ऐनमा कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै फरक मत राख्नुभएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान र कानूनका बीचमा केही द्विविधाहरु कायमै रहेको बताउनुभयो । उहाँले ती द्विविधालाई निर्वाचन आयोगले सम्बोधन गर्दै अघि बढेको उल्लेख गर्नुभयो ।