१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम मन्त्री र मलेसियाका गृहमन्त्री नेतृत्वको प्रतिनिधिबीच छलफल(भिडियोसहित)



अ+ अ-

काठमाडौं । मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक छलफल सुरु भएको छ ।

सोल्टी होटेलमा सुरू भएको छलफलमा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे कुराकानी भै रहेको जनाईएको छ । यसैगरी नेपालले मलेसियाली मन्त्रीसँग श्रम सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि छलफल गर्नेछ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो।तीन दिने नेपाल भ्रमणका क्रममा बिहिबार काठमाडौ आईपुग्नुभएका मन्त्री नासुसनले राष्ट्रपति विद्यादेवी भण्डारी ,प्रधानमन्त्री पुष्पकमल दाहाल, लगायतलाई भेट्ने कार्यक्रम रहेको छ।