• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

एक्सेल्सियर कप सुरु



काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्ट पक्लिब स्कुल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र नेपालयले विजयी सुरुआत गरेका छन् । रेडिअन्टले पिपुल्स एकेडेमीलाई ४२–२८ ले पराजित ग-यो । रेडिअन्टको जितमा सन्तोष शर्माले १२ अंक योगदान गरे । आयुश राईको १२ अंक सहयोगमा एमआईएसले पुष्पसदनलाई २१–२० को झीनो अन्तरले हरायो । नेपालयले एपेक्स लाइफ स्कुललाई १५–२ ले पाखा लगायो । नेपालयका निश्चल भण्डारीले ७ स्कोर गरे ।

गल्र्स बास्केटबलमा संस्कृतिले द चाँदबाग स्कुललाई २५–६, रिब्सले आयोजक एक्सेल्सियरलाई ७–६ र एमआईएसले न्यु इरालाई १७–६ ले पन्छाए । संस्कृतिकी रियाना महर्जनले ७, रिब्सकी हुमा लिम्बूले ४ र एमआईएसकी प्राची सिंहले ९ अंक जोडे ।

ब्वाइज फुटबलको यु–१२ मा संस्कृति र स्वस्तिश्री गुरुकुलले जित निकाले । संस्कृतिले रेडिअन्टलाई २–१ गोलले पराजित ग-यो । संस्कृतिका रोजोल खतिवडा र सौरव कृष्णले १–१ गोल गरे । रेडिअन्टका रिजन बख्रालले १ गोल फर्काए । स्वस्तिश्रीले दोहोरो जित आत्मासात् ग¥यो । स्वस्तिश्रीले एक्सेल्सियरमाथि १–० को कठिन जित दर्ता ग-यो । दिपसिङनर महर्जनले निर्णायक गोल गरे । अर्को खेलमा स्वस्तिश्रीले काभ्यालाई ३–० गोलले पराजित ग-यो । विजेताका रिजन गुरुङले २ गोल गरे भने १ गोल आत्मघाती रह्यो ।

ब्वाइज फुटबलकै यु–१६ मा एनआईसी एकेडेमी र होली भिजनले सफलता पाए । एनआईसीले काभ्यामाथि ६–० को सहज जित रच्यो । एनआईसीका अनिश जोशीले ४ तथा वाङगेल गुरुङले २ गोल गरे । होली भिजनले हार्टल्यान्डलाई ५–४ गोलले पराजित ग¥यो । होली भिजनका प्रयासले ४ तथा सुशान्तले १ गोल गरे । हार्टल्यान्डका अनिश रोजराले २ तथा विकास गुरुङ र करन लामाले १–१ गोल गरे ।

फाइभ ए साइड फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिमले भाग लिएका छन् । प्रतियोगिता माघ २६ गतेसम्म चल्ने छ ।