११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ ।

आजको कारोबारपछि ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ३७ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये १९ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ९४ कम्पनीको शेयर मूल्य घटेको छ । साथै तीन वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा कूल ५८ लाख ०८ हजार नौ सय तीन कित्ता शेयर रू दुई अर्ब नौ करोड ६४ लाख १९ हजार एक सय ६१ मूल्यमा कारोबार भएका छन् । कारोबारपछि बजार पुँजीकरण रू ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख ८६ हजार ३१ पुगेको छ ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक शीर्ष स्थानमा छ । कम्पनीको रू १० करोड १३ लाख ९१ हजार दुई सय ५२ बराबरको कारोबार भयो ।

एनआइसी एशिया बैंकको रू पाँच करोड ५० लाख ४० हजार एक सय ८३, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको रू चार करोड ९० लाख ९९ हजार सात सय ५१, अपि पावर कम्पनीको रू चार करोड ८४ लाख पाँच हजार तीन सय ९६ र चिलिमे जलविद्युत् कम्पनीको रू चार करोड ५८ लाख ३६ हजार पाँच सय पाँचमा शेयर कारोबार भइ शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सानिमा इक्विटी फण्ड तीन दशमलव १७, मल्टिपर्पोज फाइनान्स कम्पनी दुई दशमलव ९६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक दुई दशमलव ४४ र नविल ब्यालेन्स फण्ड तेस्रोको दुई दशमलव २० प्रतिशतले मूल्य बढेको ।

त्यस्तै, सर्पोट माइक्रोफाइनान्स पाँच दशमलव ८०, सिद्धार्थ इन्स्योरन्स पाँच दशमलव २९, रिडी पावर कम्पनी पाँच १३, आइएमई जनरल इन्स्योरेन्स चार दशमलव ५५ र नाडेप लघुवित्तको शेयर मूल्य चार दशमलव ५३ प्रतिशतले घटेको छ । रासस