२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । अदालतबाट छ महिनाको कैद सजाय र रु ८ लाख १९ हजार रुपैयाँ जरिवाना फैसला भएका चौधरी अदालतको आदेशअनुसारको सजाय नभोगी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीले ट्र्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले कैद तथा जरिवाना सजायको फैसला गरेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाका प्रमुख र पछि प्रदेशसभा निर्वाचनमा पराजित भएका चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २०६६ भदौ ३ गते कैलालीको गोरांगाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्र्याक्टरमा आगो लगाएको भनी ट्र्याक्टरधनी मोतिपुरका महादेव बजगाईंले बलिया गाविस–३ का पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध मुद्दा दायर गरेका थिए ।

ट्र्याक्टर चालक साजन चौधरीले उनीहरुले आफूलाई लखेटेर ट्र्याक्टरमा आगो लगाएको बयान दिएका थिए । अदालतले गरेको फैसला गरेको एक दशकसम्म आरोपितहरु फरार थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेका थिए । उनी पक्राउ परेलगत्तै फरार अर्का व्यक्ति सांसद चौधरी रहेको खुलेको थियो ।