• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

शुभमन गिलले तोडे कोहलीको कीर्तिमान



काठमाडौं । भारतीय ओपनर शुभमन गिलले पुर्व कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् ।

बुधबार न्युजिल्यान्डविरुद्ध भएको टी–ट्वान्टीमा सानदार शतक बनाउदै गिलले कोहलीले चार महिना अघि बनाएका कीर्तिमानी तोडेका हुन् ।

गिलले उक्त खेलमा ६३ बलमा १२ चौका र ७ छक्कासहित १ सय २६ रनमा अविजित रहेका थिए । गिलको शतकको सहयोगमा भारतले २ सय ३४ रन बनाएको थियो ।

गिलको यो टी–ट्वान्टी आई करिअरको पहिलो शतक हो । उनी भारतबाट टी–ट्वान्टी आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर  बनेका छन् । गिलले उक्त कीर्तिमानीमा पुर्व कप्तान कोहलीलाई पछि पारेका हुन् । कोहलीले गत बर्षको सेप्टेम्बरमा यूएईमा भएको एसिया कपमा अफगानिस्तानविरुद्ध १ सय २२ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

यससँगै गिल भारतबाट टी–ट्वान्टी आईमा कम उमेरमा शतक हान्ने खेलाडी पनि बनेका छन् । उनले सुरेश रैनाको कीर्तिमानी तोडेका हुन् ।