९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन गिलले तोडे कोहलीको कीर्तिमान



अ+ अ-

काठमाडौं । भारतीय ओपनर शुभमन गिलले पुर्व कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् ।

बुधबार न्युजिल्यान्डविरुद्ध भएको टी–ट्वान्टीमा सानदार शतक बनाउदै गिलले कोहलीले चार महिना अघि बनाएका कीर्तिमानी तोडेका हुन् ।

गिलले उक्त खेलमा ६३ बलमा १२ चौका र ७ छक्कासहित १ सय २६ रनमा अविजित रहेका थिए । गिलको शतकको सहयोगमा भारतले २ सय ३४ रन बनाएको थियो ।

गिलको यो टी–ट्वान्टी आई करिअरको पहिलो शतक हो । उनी भारतबाट टी–ट्वान्टी आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर  बनेका छन् । गिलले उक्त कीर्तिमानीमा पुर्व कप्तान कोहलीलाई पछि पारेका हुन् । कोहलीले गत बर्षको सेप्टेम्बरमा यूएईमा भएको एसिया कपमा अफगानिस्तानविरुद्ध १ सय २२ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

यससँगै गिल भारतबाट टी–ट्वान्टी आईमा कम उमेरमा शतक हान्ने खेलाडी पनि बनेका छन् । उनले सुरेश रैनाको कीर्तिमानी तोडेका हुन् ।