२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सरकारबाट बाहिरिँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । गृह मन्त्रालयमा दाबी गर्दै आएको रास्वपाले नपाउने भएपछि सरकारबाट बाहिरिन लागेको हो ।

पार्टीको आज साँझ बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने पार्टी स्रोतले बताएको छ ।

यद्यपि सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्दै रास्वपाले केही समय पर्खेर हेर्ने भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पार्टी अध्यक्ष रवि लामिछानेले पुनः आफूलाई गृहमन्त्री बनाउन अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार जवाफमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री दिन नसकिने जवाफ दिनुभएको थियो ।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “रविजी तपाईंको विषयमा मैले आफ्ने पार्टीको दबाब थेग्न सकिनँ, तपाईंलाई गृहमन्त्री दिन सकिनँ ।”

प्रधानमन्त्रीको जवाफपछि रास्वपाले संयुक्त बैठक बसाएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको हो । यसअघि पनि अध्यक्ष लामिछानेले आफूलाई गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो ।

नेपाली नागरिकता नभएको भनी सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट समेत मुक्त हुनुभएको छ ।

तर लगत्तै उहाँले पुनः नेपाली नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूलाई पुनः गृहमन्त्री बनाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री बनाउन नसकिने बताउनुभएको थियो ।