२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिउसो तीन बजे केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बोलाएको छ । बैठकमा सरकारमा रहने वा नरहनेबारे निर्णय गर्ने प्रस्ताव तयार पार्ने बताइएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र नभएपछि सर्वोच्च अदालतले यही माघ १३ गते अध्यक्ष लामिछानेको सांसद पद खारेज गरेको थियो । सांसद पद खारेज भएसँग उहाँ उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेतको जिम्मेबारीबाट मुक्त हुनुभएको थियो ।

माघ १५ गते उहाँले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूलाई पुनः गृह मन्त्रालयको जिम्मेबारी दिन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्णपाठ आइनसकेको र लामिछानेको दोहोरो राहदानी राखेर दुरुपयोग गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै पनि हालतमा गृह मन्त्रालय नदिने अडान राख्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डमाथि पार्टीभित्रै बाट पनि लामिछानेलाई गृह मन्त्रालय नदिई माओवादी केन्द्रले नै राख्नुपर्ने दबाब आएको छ ।

रास्वपा अध्यक्ष लामिछानेले आफूलाई पुनः गृह मन्त्रालय नदिने संकेत प्रधानमन्त्री प्रचण्डबाट पाएपछि माघ १७ गते साँझसम्म गृह मन्त्रालय दिने निर्णय नगरे सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो ।

लामिछानेले सरकारबाट बाहिरिने भनी दिएको चेतावनीको समय गुज्रेको ३ दिन भइसक्दा पनि रास्वपा अहिलेसम्म सरकारबाट बाहिरिएको छैन ।

महामन्त्री ढकालले प्रधानमन्त्रीबाट कुनै जवाफ नआएकाले केन्द्रीय समितिको बैठक बसेर निर्णय गरिने जानकारी दिनुभएको छ । रास्वपाकै केही नेताले भने लामिछानेलाई गृह मन्त्रालयल नदिए पनि पार्टीकै अन्य नेतालाई दिन सकिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई नै गृहमन्त्री बनाउन दबाब दिनुभएको बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले समेत लामिछानेलाई गृह मन्त्रालय दिनुपर्ने बताउनुभएको छ ।

सत्ता साझेदार दलहरुबाट समेत प्रधानमन्त्रीलाई दबाव दिँदा पनि लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सम्भवतः केन्द्रीय समितिको बैठक राखेर सरकारमा रहने वा नरहने निर्णय गर्न लागेको बताइएको छ ।