• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

शपथमा गोपनीयता शब्द हटाउन सूचना आयोगको सुझाव



काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष वार्षिक प्रतिवेदन २०७८/०७९ बुझाएको छ । प्रतिवेदनमा आयोगले सार्वजनिक पद धारण गर्दा शपथको व्यहोरामा गोपनीयता शब्द हटाउन सुझाव दिएको छ ।

शासन पद्धतिमा भइरहेको विकास र सुशासनको आवश्यकतालाई ध्यानमा राखी गोपनीयताको शपथ गराउन सान्दर्भिक नहुने प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक पद ग्रहण गर्नेका लागि शपथमा रहेको गोपनीयता शब्द पूर्णरुपमा हटाउनुपर्ने आयोगको जिकिर छ ।

व्यक्तिहरुले कुनै पनि नियुक्ति वा सार्वजनिक पद धारण गर्दा कार्यभार सम्हाल्नुअघि गोपनीयता कायम गर्ने व्यहोराको शपथ लिने गर्दछन् । तर कानूनमा कुन सूचना गोप्य राख्ने र कुन सार्वजनिक गर्ने भन्ने छुट्टै व्यवस्था छ ।

सार्वजनिक निकायबाट हुने निर्णय पारदर्शी हुँदा र त्यसको जानकारी सेवाग्राहीले सहज ढंगले पाउँदा लोकतन्त्र बलियो हुने भन्दै आयोगले शपथमा गोपनीयता शब्द राख्दा यसले सूचनाको हकलाई कुण्ठित बनाउने बताएको छ ।