२० आश्विन २०८१, आईतवार
,
Latest
एनपीएल अक्सन: ललित राजवंशी जनकपुरमा पर्दा सूर्य तामाङ लुम्बिनीमा राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप भोलिदेखि, बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने



अ+ अ-

काठमाडौँ । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।

फाइभ ए साइड फर्मेटमा हुने फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिम सहभागी हुने छन् । खेल लिग कम नकआउट पद्धतिमा हुनेछ ।

संस्थापक निर्देशक बस्नेतले कोरोना भाइरसका कारण रोखिएको प्रतियोगितालाई निरन्तरता दिनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले एक्सेल्सियर कपको सुरुआत गरेको बताए ।

एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आठदिने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ ।