२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रन्जिता श्रेष्ठको प्रश्नः निर्दोष थारुहरुका लागि भनेर बनाइएको लाल आयोग कहाँ छ ?(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधिसभा सांसद रन्जिता श्रेष्ठ चौधरीले निर्दोष थारुहरुलाई थुनामा राखेर राज्यले थारुलाई मात्र दोषी देख्नुमा असन्तुष्टि जनाएकी छन् ।

बुधबारको संसद बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन् ‘विकास र न्यायको लागि हामीलाई सडकदेखि संसदसम्म पुर्याइएको छ । हाम्रो आवाज छिटै सुनियोस् । हाम्रो जनमतको पनि कदर होस् । सय दोषी छुटोस् तर निर्दोष नफसोस् भन्ने कानुनको आधारभुत निकायको बर्खिलाप निर्दोष थारुहरु थुनेर राज्यले थारुलाई मात्र दोषी देख्नुमा हाम्रो चित्त दुखेको छ ।’

उनले अगाडी भनिन् ‘कैदीबन्दीहरु दोषी मात्र छैनन्, निर्दोषहरु पनि छन् । न्यायको आवाज उठाउनुस् भनेर हामीलाई संसदमा पठाइएको छ । सडकबाट बोलिएको सुनिएन सदनमा गएर बोल्नुस् भनेर नागरिक उन्मुक्ति पार्टीका सांसदलाई यहाँ पठाइएको छ । सम्माननीय सभामुख महोदय फैसलाको हथौडा ठोकेर भनिदिनुस् निर्दोष थारुहरुका लागि भनेर बनाइएको लाल आयोग कहाँ छ ? एकपटक खोजिदिनुस् ।’