२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रन्जिता श्रेष्ठको प्रश्नः निर्दोष थारुहरुका लागि भनेर बनाइएको लाल आयोग कहाँ छ ?(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधिसभा सांसद रन्जिता श्रेष्ठ चौधरीले निर्दोष थारुहरुलाई थुनामा राखेर राज्यले थारुलाई मात्र दोषी देख्नुमा असन्तुष्टि जनाएकी छन् ।

बुधबारको संसद बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन् ‘विकास र न्यायको लागि हामीलाई सडकदेखि संसदसम्म पुर्याइएको छ । हाम्रो आवाज छिटै सुनियोस् । हाम्रो जनमतको पनि कदर होस् । सय दोषी छुटोस् तर निर्दोष नफसोस् भन्ने कानुनको आधारभुत निकायको बर्खिलाप निर्दोष थारुहरु थुनेर राज्यले थारुलाई मात्र दोषी देख्नुमा हाम्रो चित्त दुखेको छ ।’

उनले अगाडी भनिन् ‘कैदीबन्दीहरु दोषी मात्र छैनन्, निर्दोषहरु पनि छन् । न्यायको आवाज उठाउनुस् भनेर हामीलाई संसदमा पठाइएको छ । सडकबाट बोलिएको सुनिएन सदनमा गएर बोल्नुस् भनेर नागरिक उन्मुक्ति पार्टीका सांसदलाई यहाँ पठाइएको छ । सम्माननीय सभामुख महोदय फैसलाको हथौडा ठोकेर भनिदिनुस् निर्दोष थारुहरुका लागि भनेर बनाइएको लाल आयोग कहाँ छ ? एकपटक खोजिदिनुस् ।’