१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्किङलाई निषेध गरिएपछि सुनसान बन्यो दरबारमार्ग-फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाउने निर्णय गरेसँगै काठमाडौँको व्यस्तमध्येको स्थान दरबारमार्ग सुनसान हुन थालेको छ । कुनै बेला पार्किङका कारण पैदल हिँड्नसमेत समस्या हुने गरेको दरबारमार्ग अहिले सुनसान बनेको हो ।

मोटरसाइकल तथा गाडीको पार्किङ अस्तव्यस्त तरिकाले राखिने गरेको दरबारमार्गमा महानगरले अहिले ती सबै हटाइदिएको छ । महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।

त्यसैले पहिले पार्किङ खुला रहेको क्षेत्र बन्द गरिएपछि दरबारमार्ग क्षेत्रमा अहिले निजी गाडी, मोटरसाइकल लिएर किनमेल गर्न जानेहरुलाई समस्या हुनेगरेको छ ।

पाँच लेनको सडकमा दुईतर्फी दुई–दुई लेन सडक छाडेर एकतर्फ एक लेनमा पार्किङ राखिँदै आएको भन्दै दरबारमार्ग विकास बोर्डले सःशुल्क पार्किङ हटाउँदा व्यापारमा गम्भीर प्रभाव परेकाले आन्दोलन गर्ने घोषणा गरेको छ ।

बोर्डको पहलमा दरबारमार्ग क्षेत्रमा पार्किङ तथा ट्राफिक व्यवस्थापन चुस्त बनाउन निःशुल्क पार्किङको अवधारणा ल्याइएकोमा विगत चार वर्षदेखि महानगरबाटै ठेक्का लगाएर शुल्क उठाउँदै आएको थियो।

फोटो – न्यूजपोलार