२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले उपेन्द्र महतोसँग बयान लियो

प्रेमप्रसाद आत्मदाह प्रकरण:  प्रहरीले उपेन्द्र महतोसँग बयान लियो
अ अ+ अ-

काठमाडौं । प्रहरीले प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा आरोप लगाएसँगै प्रहरीले अनुसन्धानमा आचार्यले उल्लेख गरेका व्यक्तिहरुसँग बयान लिन थालेको हो ।

प्रहरीले व्यवसायी महतोसँग मङ्गलवार बयान लिएको थियो । आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा व्यवसायी महतो र उनले सञ्चालन गर्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका थिए जसमा उनले आफूले पाउनुपर्ने रकम नदिएको आरोप लगाएका व्यक्ति र संघ सस्थाहरुको नाम उल्लेख गरेका थिए । अनुसन्धानको क्रममा प्रहरीले सोमबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको थियो ।