१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा उहाँहरु बिच भेट भएको हो ।

सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै अहिले सत्ता गठबन्धनमा खटपट देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले गृहमा रविलाई भित्र्याउन नसकिने बताएपछि गठबन्धनमा समस्या बढेको छ । रविले हिजो मात्रै प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।