८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ।

लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको सांसद पद बदर भएको थियो। सांसदसँगै उनको उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र संसदीय दलको नेताको पद पनि गुमेको थियो। त्यसपछि १४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्रमाणपत्र पुनः प्राप्त गरेका लामिछाने सोही दिन रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका थिए।

लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी नागरिकताबारेको आशंका हटेको छैन। लामिछानेको अमेरिकी नागरिकता सम्बन्धमा सरकारी निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसकेकाले शंका गर्ने ठाउँ रहेको हो। ‘उहाँ ९लामिछाने० ले अझैसम्म अमेरिकी नागरिकता त्यागेरनत्यागेको विषयमा आधिकारिक प्रमाण आएको छैन,’ युवराज पौडेल (सफल) भन्छन्, ‘नेपाल सरकारका निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसक्दै विश्वास गरिहाल्नुपर्ने अवस्था छैन ।’

लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै यिनै पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका थिए। लामिछानेको नागरिकता छानबिनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले उनको अमेरिकी नागरिकता त्याग प्रक्रिया पूरा भएरनभएको विषयमा काठमाडौंस्थित अमेरिकी राजदूतावाससँग जानकारी मागेको थियो। यसबारे दूतावासले अहिलेसम्म कुनै जवाफ दिइनसकेको प्रहरी स्रोतले बतायो। नागरिक दैनिक