• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   एसियाली खेलकुदः चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार ★   नेपालगञ्जको अवस्था: झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते ★   पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको जिम्मेवारी राजकुमारलाई ★   श्रीनिवास आचार्य प्रहरी नियन्त्रणमा

सत्ताको सकस – ओलीसँग संवाद गर्दै कांग्रेस नेताहरु



काठमाडौँ । एमसीसीबारे सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व गरेको कांग्रेसका नेताहरुले भने प्रमुख विपक्षाी एमालेसँग सघन छलफल चलाएका छन्।

माओवादी र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने अडान राखेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले बैकल्पिक गठबन्धन निर्माणका लागि समेत कसरत थालेको स्रोत बताउँछ। 

देउवाले पार्टीका केही नेताहरुलाई एमाले अध्यक्षसँग छलफल गर्न लगाएको बताइएको छ।

स्रोतका अनुसार कांग्रेस नेता मिनेन्द्र रिजालले बिहीबार बिहानै बालकोट पुगेर ओलीलाई भेटेका थिए भने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन संवाद गरेका थिए। 

आज ५ बजे सत्ता गठबन्धनको बैठक भएकाले ओलीले भने कांग्रेस नेताहरुलाई ठोस जवाफ दिईसकेका छैनन्।

३ बजेलाई बोलाईएको सत्ता गठबन्धनको बैठक दुई घण्टा सार्ने प्रस्ताव लिएर बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीको पक्षमा नरहे सत्ता गठबन्धन परिवर्तन हुनसक्ने संकेत दिएका थिए। 

दाहालले भने एमसीसी टेबुल भएपछि सत्ता गठबन्धनबाट अलग हुने, विपक्षमा मतदान गर्ने तर सरकारलाई समर्थन जारी राख्ने बताएको स्रोतले बतायो । 

आजै दिउँसो अध्यक्ष दाहालले नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन्।

उनीहरुबीच एमसीसी अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो । 

पाँच दलीय गठबन्धनलाई जोगाएर एमसीसीलगायतका विषयलाई निष्कर्षमा लैजाने प्रचण्डले बताएका छन्। 

केहीबेरमै सत्ता साझेदार पाँच दलीय शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दैछ। सो बैठकलाई एमसीसीबारे ‘निर्णायक’ बैठकको रुपमा पनि हेरिएको छ।