१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

सत्ताको सकस – ओलीसँग संवाद गर्दै कांग्रेस नेताहरु

सत्ताको सकस – ओलीसँग संवाद गर्दै कांग्रेस नेताहरु
अ अ+ अ-

काठमाडौँ । एमसीसीबारे सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व गरेको कांग्रेसका नेताहरुले भने प्रमुख विपक्षाी एमालेसँग सघन छलफल चलाएका छन्।

माओवादी र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने अडान राखेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले बैकल्पिक गठबन्धन निर्माणका लागि समेत कसरत थालेको स्रोत बताउँछ। 

देउवाले पार्टीका केही नेताहरुलाई एमाले अध्यक्षसँग छलफल गर्न लगाएको बताइएको छ।

स्रोतका अनुसार कांग्रेस नेता मिनेन्द्र रिजालले बिहीबार बिहानै बालकोट पुगेर ओलीलाई भेटेका थिए भने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन संवाद गरेका थिए। 

आज ५ बजे सत्ता गठबन्धनको बैठक भएकाले ओलीले भने कांग्रेस नेताहरुलाई ठोस जवाफ दिईसकेका छैनन्।

३ बजेलाई बोलाईएको सत्ता गठबन्धनको बैठक दुई घण्टा सार्ने प्रस्ताव लिएर बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एमसीसीको पक्षमा नरहे सत्ता गठबन्धन परिवर्तन हुनसक्ने संकेत दिएका थिए। 

दाहालले भने एमसीसी टेबुल भएपछि सत्ता गठबन्धनबाट अलग हुने, विपक्षमा मतदान गर्ने तर सरकारलाई समर्थन जारी राख्ने बताएको स्रोतले बतायो । 

आजै दिउँसो अध्यक्ष दाहालले नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन्।

उनीहरुबीच एमसीसी अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो । 

पाँच दलीय गठबन्धनलाई जोगाएर एमसीसीलगायतका विषयलाई निष्कर्षमा लैजाने प्रचण्डले बताएका छन्। 

केहीबेरमै सत्ता साझेदार पाँच दलीय शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दैछ। सो बैठकलाई एमसीसीबारे ‘निर्णायक’ बैठकको रुपमा पनि हेरिएको छ।