• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र ★   सन्दीपको आगमनले थप बल मिलेको छ – कप्तान पौडेल ★   असार महिनाका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर ★   एसईई प्रिन्सेस बाह्रौं सस्करण सम्पन्न, शिक्षकहरु सम्मानित ★   हेलमेटको ग्रिलले बचायो आँखा ★   प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन – तस्बिरहरु ★   प्राकृतिक विपत्तिबाट बच्न एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्छ: योगेश भट्टराई ★   ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति

सात केन्द्रीय सदस्यद्वारा अध्यक्षको राजीनामा मागपछि क्यानको बैठक अघि बढ्न सकेन



पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन ।

पोखराको लेकसाइडस्थित होटल एल्लो प्यागोडामा बसेको बैठक सुरु हुनेबित्तिकै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका थिए ।

असन्तुष्ट समूहमा ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् ।