२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकेसम्म गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म गठबन्धन नटुटोस् भन्ने आफ्नो कोसिस रहने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुनः गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयकै कारण गठबन्धन नटुटोस् भन्ने चाहना रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकबाट निस्कँदै गर्दा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, “हामी सल्लाह गर्दैछौँ, सकेसम्म यो गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ ।”

बैठकमा उहाँले सर्वोच्च अदालतबाट रवि लामिछानेको नागरिकतासम्बन्धको मुद्दाको फैसलाका पूर्ण पाठ अनाएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय नलिने बताउनुभएको थियो ।