१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्नुपर्ने

निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्नुपर्ने
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सुचना जारी गरेको छ । 

निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना जारी गरेको हो । बिहीवार आयोगले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था भए अनुसार यही फागुन १५ गतेभित्रमा निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले आफ्नो दल दर्ता गर्नका लागि मिति २०७८/११/०५ मा सुचना जारी भएको छ ।’

आयोगका प्रवक्ता पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको र आयोगमा हालसम्म दर्ता भएको दलको संख्या १०६ पुगेको जानकारी दिनुभयो । आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ । सो निर्देशिका अनुसार सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरीने जनाइएको छ । प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजकोे स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । त्यस्तै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको स्पेसिफिकेशन पनि आयोगबाट स्वीकृत भएको उहाँले जानकारी दिनुभयो ।

आयोगले जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ती गर्न तथा अन्य सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्ती गर्न फागुन १५ गतेसम्म आयोगमा नामावली उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ । त्यस्तै निर्वाचन अधिकृतमा नियुक्ती गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतहरुको नामावली पनि फागुन १५ गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि २०७८ तयार गरी सहमतीका लागि नेपाल सरकार अर्थ मन्त्रालयमा अनुरोध गरिसकेको छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि निर्वाचन केन्द्रीत गिति सन्देश, संवादमुलक शन्देश, लघु कथा आदि लेखन प्रतियोगिता सञ्चालन गर्ने सुचना प्रकाशन भइसकेको र उत्कृष्ट रचनालाई नगद पुरस्कार एवं प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायतका लागि आयोगले बुधवार नेपालस्थित विभिन्न २० वटा राजनीतिक नियोगहरु तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ । आयोगका प्रवक्ता पौडेलले केही विकास साझेदार संस्थाहरुले आयोगलाई सहायता दिन तयार रहेको बताएको जानकारी दिनुभयो । यस वर्षको निर्वाचन दिवस ‘सबै, सधैँ र सँगै’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी फागुन ६, ७ र ८ गते मनाउन लागिएको पनि निर्वाचन आयोगले बताएको छ ।