१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण तेस्रोको सुरुङ भत्किँदा एक कामदारको मृत्यु, दुई घाइते



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । संखुवासभामा सुरुङ भत्किँदा एक जना कामदारको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको हो । यस्तै, अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् । भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते भएका छन् ।

दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ ।