१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ– प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय नलिने बताउनुभएको छ ।

मंगलबार नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले फैसलाको पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयलको नेतृत्वबारे निर्णय लिइने जानकारी दिनुभयो ।

पार्टी उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार सर्वोच्च अदालतको पूर्ण फैसला नआउँदासम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने छ।