१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझायो (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नेकपा एसले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको हो ।

ज्ञापनपत्रमा आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराइएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीले ठहर समेत गरेको छ ।

यस्तै, देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ ।

जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने नेकपा एसको भनाई छ ।