• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए

गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ – बनेपछि थाहा हुन्छ



फाईल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुलाई गृहमन्त्री बनेपछि थाहा हुने जवाफ दिनुभएको छ ।

रवि लामिछाने सांसद पदबाट मुक्त भएसँगै गृह मन्त्रालय रिक्त रहेको छ । सत्ता साझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । यद्यपि कसलाई बनाउने भन्नेबारे अहिलेसम्म सहमति भइनसकेको बताइएको छ ।

उक्त मन्त्रालय आफैँ राख्ने मनस्थितिमा माओवादी केन्द्र छ । पार्टीको पदाधिकारी बैठकमा गृहमन्त्रालय कसले लिने भन्नेबारे छलफल भएको छ । सोही बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले गृहमन्त्रालयका बारेमा जिज्ञासा राख्दा प्रधानमन्त्री प्रचण्डले ‘बनेपछि थाहा हुन्छ’ भन्ने जवाफ दिनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने गृह मन्त्रालय आफ्नो हुनुपर्ने दाबी गरेको छ । गृह मन्त्रालयका बारेमा प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको छ । तर सहमति हुन सकेको छैन ।