२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक व्यवस्थापन एवम् दुर्घटना न्यूनीकरणका कामबाट १६ करोड बढी राजस्व सङ्कलन



file
अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीरकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट रु १६ करोड ४३ लाख ५३ हजार राजस्व सङ्कलन भएको छ ।

सो अवधिमा दुई लाख २५ हजार पाँच सय ६३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको गगनगौडास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष २०७७ माघदेखि २०७८ पुससम्मको यसै अवधिमा एक लाख ३३ हजार आठ सय ६४सवारी चालकलाई गरिएको कारबाहीमा रु आठ करोड ८७ लाख दुई हजार राजस्व सङ्कलन भएको थियो ।

ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशमा यसवर्ष छ हजार दुई सय ६२ कार्यक्रम सञ्चालन गर्दा नौ लाख ६० हजार एक सय ४६ जना सहभागी भएका र अघिल्लो वर्षयसै अवधिमा गरिएको कार्यक्रममा पाँच हजार ३८ वटा कार्यक्रममा चार लाख ७६ हजार आठ सय ५४ जना सहभागी भएको प्रनाउ सुवेदीले बताउनुभयो ।

प्रदेशमा यसवर्ष चार सय दुई वटा दुर्घटना भएकामा दुई सय १३ मानिसको मृत्यु, तीन सय ८१ जना सख्त घाइते, दुई सय ४५ सामान्य घाइते भएका र त्यसमा पाँच सय १४ वटा सवारीसाधन परेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष चार सय १५ वटा दुर्घटना हुँदा दुई सय ५१ जनाको मृत्यु, दुई सय ७४ सख्त घाइते, दुई सय ७० जना सामान्य घाइते भएका र त्यसमा पाँच सय ५४ सवारीसाधन परेका थिए ।

ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणका लागि सञ्चालित नमस्ते अभियान, विद्यालय सचेतना कार्यक्रम, चालकसँग एक मिनेट कार्यक्रम, वातावरण मैत्री ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष र प्रशिक्षण जस्ता १२ वटा शीर्षकका कार्यक्रम प्रभावकारी बनेको उहाँले जानकारी दिनुभयो । रासस